काष्ठ हस्तकलामा जिवन खोज्दै राई

रन्जिता डंगोल
२०७९ पुष २१, बिहीबार १३:४३

 

जागिर भन्नेबित्तिकै दिमागमा क्लिक हुन्छ । सफा चिटिक्क परेको ड्रेस, सुविधासम्पन्न भवन । कम्युटर, ल्यापटप, फाइल अनि राम्रो तलब । तर हेटौडा उपमहानगरपालिका पिप्ले ५ को बिष्णु कुमारी राईको परिचय भने भिन्न छ ।
बिहान झिसमिसेमै उठेर घरको धन्दा सकेर १० बजे उनी काम सुरु गर्छिन् । उनको ड्युटी हो, काठबाट निमार्ण हुने काठमा सुन्दर बुट्टा कुँदेर बिभिन्न खालका आकार निमार्ण गर्न उनी अब्बल छिन् । दिउँसो ५ बजेसम्म उनी काममै हुन्छिन् । उनी काठबाट निमार्ण हुने सामाग्री तयार पार्नमा व्यस्त हुन्छिन् । दैनिक बेरोजगार र गबिबीको कारण हजारौं युवा आडीमुलुक पसिरहेको यो समाजमा महिला भएर काठको काम गर्नु भनेको अझै अचम्मको रुपमा नै लिने गरेको राईको बुझाई छ । तर काममा कर्मठ राईलाई भने दिनभरि थाकेको शरीर भए पनि रात बितेर सुनौलो बिहानी फेरि कति बेला हुन्छ भनेर छटपटी हुन्छ । करिब १२ बर्ष अगाडीसम्म उहाँको नजरमा महिला भनेको पुरुषको कमाई खाएर घरधन्दा गर्ने जस्तो लाग्थ्यो । उक्त समय उहाँको दैनिकी भनेको पिप्ले पोखरा सामुदायिक वनबाट घाँस दाउरा बोक्ने, सोत्तर ल्याउने र गाई बस्तु र बच्चको स्याहार गर्ने थियो । उहाँको नजरमा सामुदायिक वन भनेको घाँस दाउराको स्रोत मात्र थियो तर अहिले सामुदायिक वनले हरित रोजगारी अर्थात वनबाट आम्दानीको मुद्धा उठाएर कार्यान्वयन गरेपछी भने उहाँको सोंचाई मात्र होइन जिवन नै परिबर्तन भएको छ । घाँस दाउरा संगै अहिले उहाँ काठका मुडाहरुपनि समाउनुहुन्छ अझ भनौं प्राथमिकतामा नै काठका मुडा तथा फलेकहरु पर्ने गर्छन कारण हो काष्ठ हस्तकलाबाट बनाउने सामग्री ।
सुरुमा त उहाँलाई महिलाले पनि काठको काम गर्न सक्छ भन्नेसम्मको बिस्वास थिएनद तर एकदिन समुहका महिलाहरुलाई वनबाट उद्यमी बनाउन तालिम हुँदैछ भन्ने जनाकारी आयो र उहाँलाई त्योबारे उत्सुकता मात्र जागेन तालिम लिन र काम गर्न समेत ईच्छा जाग्यो ।

तालिमपछि दिनहरु
“साथीहरूको लहैलहैमा लिएको तालिमले यती सम्म बनाउला भन्ने सपनामा पनि सोचेको थिइनँ । तर, जुन काममा एकदमै लगाव हुन्छ, त्यो कामले ढिलोचाँडो सफल बनाउँछ भन्ने अनुभव भयो । ” राई भन्नुहुन्छ ।
कलाको ठूलो महत्व छ, त्यसैबीच उहाँ सामुदायिक वन मार्फत अस्मिता नेपाल संस्थाले संचालन गरेको तालिममा साथीको लहलहैमा सीप सिक्न पुग्नुभयो । तालिमपछि उहाँले काष्ठ हस्तकलामा नै अघि बढ्ने निधो गर्नुभयो । पछिल्लो समय उहाँको समुहले काष्ठ हस्तकलाका सामग्रीबाट राम्रै आम्दानी गर्न थालेको उहाँको भनाई छ । उहाँको नेतृत्वमा “ श्रमजीबी महिला काष्ठ हस्तकला लगु उद्यम ” संचालन गरेर समूहमै सामग्री उत्पादन गरी राम्रो आयआर्जन गर्न थालेको उहाँ बताउनुहुन्छ ।
‘एकले थुकी सुकी, हजारले थुकी नदी’ भन्ने त उखानै छ । त्यसैले पनि हामी समूहमै काम गरी आम्दानी गरिरहेका छौँ,’ राईले भन्नुभयो । अहिले उहाँहरुले वनजंगलमा खेर गइरहेका विभिन्न प्रकारका काठबाट काष्ठ हस्तकलाका सामग्री बनाउँदै आइरहनुभएको छ । त्यस्ता कच्चा पदार्थको प्रयोग गरेर उनीहरूले बिभिन्न प्रकारका काठबाट कुँदीएका ढोका, फोटो फेम, घण्टी फेम, उपहार दिनका लागि उपयोगी हुने स–साना काठबाट निमार्ण भएका सामाग्री संगै फनिर्चरमा निमार्ण हुने बक्स पलनहरुका लागि पनि बुटा बनाउने काम उहाँको यतिबेलाको रोजगारी हो ।
उहाँहरूले बनाएका ती आइटम ५ सयदेखि ४० हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको राई बताउनुहुन्छ । यीमध्ये फोटो फेम र ऐना राख्नका लागि निमार्ण गरीएका फेम र श्रमजीबी महिला काष्ठ हस्तकला लगु उद्यमका विशेषता हुन् ।‘राम्रो अर्डर आयो भने एक दिन एक जनाले ५ वटा फोटो फेम तयार गर्ने गरेको उहाँको अनुभब छ । ‘काष्ठ हस्तकला सामान बनाएर बित्री गरेर पनि राम्रो आम्दामी हुने उहाँ बताउनुहुन्छ । ९ जना दिदीबहिनीहरू मिलेर श्रमजीबी महिला काष्ठ हस्तकला लगु उद्यममा दर्ता गरी काम सुरु गरे उनीहरु अहिले एक महिनामा २० देखि २५ हजार रुपैयाँ तलब बुझ्ने गरेको राई बताउनुहुन्छ ।

४३ वर्षीया राई जिज्ञासु स्वभावकी हुनुहुन्छ । लगु उद्यम स्थापना भएपछि संघ संस्थाहरुबाट बढी माग आउने र आफुहरुलाई भ्याई नभ्याई हुने उहाँ सुनाउनुहुन्छ । कला सम्बन्धी मेलाहरुमा पनि आफुहरु जाने गरेको उहाँको भनाई छ । सुरुसुरुमा उहाँलाई हाँसोको पात्र पनि बनाएको उहाँ सम्झनुहुन्छ । काठको काम गरेर कमाउने भन्दा उहाँको परिवारलाई पनि त्यती बिस्वास नलागेको उहाँले बताउनुभयो । केटा मान्छेले मात्र काठको काम गर्ने महिलाले कहाँ गर्न सक्छ भन्नेहरु अहिले सामानहरु लोड गरेर पठाउदा राम्रो काम गरेको छ भन्छन् । काम गर्ने ईच्छा शक्तिm भयो भने महिलाले पनि गर्न सक्ने उहाँ बताउनुहुन्छ ।
गुनासो पोख्दै राई भन्नुहुन्छ “ वरीपरीका बुझ्ने मान्छेले नै आफैँ जान्नेसुन्ने छे भन्दै कुरा काट्छन् । कतिले नाफा धेरै खाई भन्नसम्म भ्याउँछन्, अर्डर लिन र सामान पु¥याउन धेरैजसो म आफैँ जान्छु । त्यसैले धेरैसँग चिनजान छ । ” अहिलेभने उहाँको समुहमा काष्ठ हस्तकला उद्यममा नियमित ९ जनाले काम गर्दै आइरहेका छन् ।
घरमा प्रयोग गर्नका लागि घर सजावट गर्नका लागि पनि काष्ठ हस्तकलाका सामानहरुको माग बढी हुने उहाँ बताउनुहुन्छ । आफुले गरी रहेको कामका लागि प्रशिक्षकको लागि अवसर आयो भने पनि आफुले तालिम दिन सक्ने क्षमता रहेको उहाँ भन्नुहुन्छ ।
उहाँको समुहले उत्पादन गरेको काष्ठ हस्तकलाका सामग्री बिभिन्न संध संस्था, लगाएत कोसेली घरहरुमा, काठमाडौमा, देशका विभिन्न ठाउँमा बिक्रीका लागि जाने गरेका राईले जानकारी दिनुभयो । समुदायमा काठको काम गर्ने महिलाहरु मुस्किलले भेटिन्छ भन्नेहरुका लागि एउटा उद्दाहरण हो बिष्णु कुमारी राई ।
राईलाई यो अबस्थामा पु¥याउने मात्र नभएर हालसम्म पनि कच्चा पदार्थसम्म पिप्लेपोखरा सामुदायिक वनले उपलब्ध गराउदै आएको राईले जनाउनुभयो । एउटा साधारण महिलालाई अहिले उद्यमी बनाउने अभियान सामुदायिक वनले चलाएको मात्र नभएर सफल भएको उहाँको भनाई छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*