मनहरीमा बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेश

चिनारी संवाददाता
२०८२ माघ २७, सोमबार १८:१७

मकवानपुरको मनहरी गाउँपालिकामा परिवर्तनको सम्भावना केपाल कम्युनिष्ट पार्टीमा नै रहेको भन्दै बिभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन् । नेपमा एमाले, राप्रपा र जसपाका एक एक जना स्थानिय नेताहरु आज मनहरी गाउँपालिका ८ स्थीत नेकपाको वडा बैठकमा पार्टी प्रबेश गर्नुभएको हो ।
नेकपा एमाले परित्याग गरेर स्थानिय नेता साकुल प्रजा, जसपा परित्याग गरेर उक्त दलका स्थानिय नेता राजु प्रजा र राप्रपा परित्याग गरेर स्थानिय नेता डिक बहादुर गुरुङ नेपाल कम्युनिष्ट पार्टीमा समाहित हुनुभएको हो । उहाँहरुले नेकपाको उम्मेदवार लवशेर बिष्ट विकासप्रमी, बेदाग र ईमान्दार नेता हुनुभएकोले उहाँलाई आसन्न निर्वाचनमा विजय गराउन नेकपामा समाहित भएको प्रतिक्रिया दिनुभयो ।
नेकपा मनहरी ८ अध्यक्ष समिर डिमडुङको अध्यक्षतामा सम्पन्न बैठकमा किशोर बर्तौला, नेकपा वागमती प्रदेश सचिवालय सदस्य सीता पुलामी, एकराज पुरी लगाएतको उपरिुथती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*