हेटौंडाका मतदाता उत्साहित

चिनारी संवाददाता
२०८२ फाल्गुन ३, आईतवार १६:५६

मकवानपुरमा चुनाबी सरगर्मी बढेसंगै मतदाताहरुले विजय गौतमलाई आफनो रोजाई भएको बताएका छन् । ग्रामिण क्षेत्रमा बलिायो मानिय पनि हेटौंडा बजारमा कमजोर आंकलन गरिएको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमलाई जेन्जी पुस्तादेखी बृद्धबृद्धाले सम्म असल र राम्रो मतदाता भन्न थालेपछी उम्मेदवार गौतमको पल्ला भारी हुंदै गएको हो ।
हेटौंडामा घरदैलोको क्रममा तापाइको नाम सुनेको हो आज भेट्न समेत पाइयो भन्दै उम्मेदवार गौतमलाई मतहालाहरुले शुभकामना समेत ब्यक्त गरेका छन् । हेटौंडा ४ की सरु तिमल्सिनाले कानुन पढेका युवा भएको कारण आफुहरुको रोजाईमा उहाँ पर्नुभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो“ पहिलो पटक भोट हाल्न लागेको मलाई सूरुको मत नै सक्षमलाई दिन पाउदा खुसी छु । ” आफु कुनै दलको कार्यकर्ता नभएको तर तुलनात्मकरुपमा बिजय गौतम राम्रो लागेको उहाँको भनाई छ । उहाँको अनुसार जेन्जि आन्दोलनले खोजोको युवा, शिक्षित र चलायमान उम्मेदवार निर्वाचन क्षेत्रनम्बर १ ले पाएको छ ।
त्यसैगरी हेटौंडा ४ की मतदाता रियासिं ठकुरीले पनि युवा उम्मेदवार भएको कारण यो पटक विजय गौतमलाई मत हाल्ने बताउनुभयो । उहाँले भन्नुभयो “ मलाइ त यो पटक मत नै दिम कि, नदिम भएको थियो तर नयाँ, युवा र हरेक क्षेत्रबाट योग्य उम्मेदवार देखेर तारामा मत हाल्ने सोंच बनाएको हौं ।” उहाँको अनुसार स्वतन्त्र भएर हेर्दा उम्मेदवार गौतम नै ठिक लागेको बताउनुभयो ।
त्यसै गरी अर्का एक मतदाताले आफनो नाम नभन्ने सर्तमा आफ्नो परिवारको सबै मत बिजय गौतमलाई नै दिने निर्णय भैसकेको बताउनुभयो ।
मतदाताहरुले अबभने बिजय गौतमको जित पक्का हुने चोक चौतारोमा गफ हुन थालेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*