मुख्य समाचार

हेटौंडाका मतदाता उत्साहित

मकवानपुरमा चुनाबी सरगर्मी बढेसंगै मतदाताहरुले विजय गौतमलाई आफनो रोजाई भएको बताएका छन् । ग्रामिण क्षेत्रमा बलिायो मानिय पनि हेटौंडा बजारमा कमजोर आंकलन गरिएको नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार बिजय गौतमलाई जेन्जी पुस्तादेखी बृद्धबृद्धाले सम्म असल र राम्रो मतदाता भन्न थालेपछी उम्मेदवार गौतमको पल्ला भारी हुंदै गएको हो । हेटौंडामा घरदैलोको...

श्रमदानबाट निर्माण कार्य तिब्र बनाइरहेको पालिका कार्य सम्पादनमा प्रथम

पूर्वी मकवानपुरको बागमती गाउँपालिका कार्य सम्पादन मूल्यांकनलमा प्रथम हुन सफल भएको छ । श्रमदानबाट निर्माणकार्य तिब्र पारिरहेको उक्त पालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१र०८२ का लागि कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको हो । बिहीबार सार्वजानिक नतीजा अनुसार बागमती गाउँपालिका ले ६६ दशमलव ३९ अंक प्राप्त गर्दै...

मनहरीमा बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेश

मकवानपुरको मनहरी गाउँपालिकामा परिवर्तनको सम्भावना केपाल कम्युनिष्ट पार्टीमा नै रहेको भन्दै बिभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन् । नेपमा एमाले, राप्रपा र जसपाका एक एक जना स्थानिय नेताहरु आज मनहरी गाउँपालिका ८ स्थीत नेकपाको वडा बैठकमा पार्टी प्रबेश गर्नुभएको हो । नेकपा एमाले परित्याग गरेर...

जनताको सबै खाले समस्याको अभिभावक नेतृत्वले लिन सक्नुपर्छ : उमेदवार बिष्ट

नेपाली कम्युनिष्ट पार्टी नेकपाका बागमती प्रदेश कमिटी सचिवालय सदस्य एबम नेकपाबाट आसन्न प्रतिनिधि सभाको चुनावमा उम्मेद्बारी दिएका थाहा नगरपालिकाका पुर्व सफल मेयर लवशेर बिष्टले जनताको सबै खाले समस्याको अभिभावकत्व नेतृत्वले लिन सक्नुपर्ने बताउनुभयो । ईन्द्रसरोवर २ हेभीमा सम्पन्न नेकपाको एकता भेला तथा उमेदवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उमेदवार...

आयोजनाहरुको अनुगमन तथा मूल्यांकनका लागी ऐन बनाउने मन्त्री परिषदेको निर्णय राष्ट्रिय समाचार समिति(रासस) अञ्जली थापा हेटौंडा, २७ फागुन बागमति प्रदेश सरकारले प्रदेशको लगानीमा सञ्चालन भएका आयोजनाहरुको अनुगमन तथा मूल्यांकनकाृ लागि ऐन बनाउने भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेश अनुगमन तथा...

प्रदेशको १३ वटा अस्पताललाई गुणस्तरिय बनाउन प्रदेश सरकारले काम गर्दैछ ः मुख्यमन्त्री लामा

  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले हेटौंडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरिय बनाउन प्राविधी तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताउनुभएको छ । आज हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवाको सुभारम्भ गर्दै मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य सेवालाई सहज र गुणस्तर वृद्धिमा सरकारले...

फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ । फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा...

बागमती सरकारले अघि सार्‍यो बहुवर्षे आयोजना

संविधानमा तीन तहको सरकारका निश्चित अधिकार र क्षेत्राधिकार तोकिए पनि केन्द्र, प्रदेश र स्थानीय तहबिच कतिपय आयोजना छनोटमा तालमेल र समन्वयको अभाव देखिएको छ । बागमती प्रदेश सरकारले आर्थिक तथा नागरिकको सहजताको दृष्टिले महत्त्वपूर्ण देखिएका २३ आयोजनालाई बहुवर्षे घोषणा गरी ठेक्का प्रक्रियामा अघि बढाएको छ । प्रदेश नीति तथा...

विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव गलत छ

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको विषयमा मकवानपुर स्थित मानवअधिकार कर्मीहरुको ध्यानाकर्षण भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउन लागेको अवस्थामा यो विषय आउनु असामान्य रहेको अस्मिता नेपालकी...

कतै सार्बजनिक जग्गा देख्नै नहुनेलाई अब जनताले चुन्नेछैनन् ः नेता मोक्तान

बागमती प्रदेशकी पुर्ब सामाजिक विकास मन्त्री एबम् माओबादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानले सार्बजनिक जग्गा देख्ने बित्तिकै निजिकरण गर्ने भुमाफियाहरुलाई अबको चुनावमा जनताले मत नदिने बताउनुभएको छ । माओबादी केन्द्र हेटौंडा उपमहानगरपालिकाको अधिबेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै नेता मोक्तानले आफ्नो देशको नागरिकलाई बेच्ने र...