श्रमदानबाट निर्माण कार्य तिब्र बनाइरहेको पालिका कार्य सम्पादनमा प्रथम
पूर्वी मकवानपुरको बागमती गाउँपालिका कार्य सम्पादन मूल्यांकनलमा प्रथम हुन सफल भएको छ । श्रमदानबाट निर्माणकार्य तिब्र पारिरहेको उक्त पालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१र०८२ का लागि कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको हो ।
बिहीबार सार्वजानिक नतीजा अनुसार बागमती गाउँपालिका ले ६६ दशमलव ३९ अंक प्राप्त गर्दै मकवानपुर जिल्लाका १० वटा पालिकाहरु मध्ये प्रथम हुन सफल भएको हो । कार्यसम्पदान मूल्याङ्कनको सार्वजानिक नतीजा अनुसार ६५ दशमलव ९३ अंकसहित राक्सिराङ गाउँपालिका दोस्रो र ६४ दशमलव ५२ अंकसहित कालिका नगरपालिका तेस्रो भएको छ ।
मकवानपुरको अन्य स्थानीय तहहरु मध्ये प्रथम हुन सफल भएको बागमतीले ऐतिहासिक उपल्ब्धी हासिल गरेको पालिका प्रमुख प्रशासकीय अधिृकत ओमबहादुर दर्जीले जानकारी दिएका छन् । गाउँपालिकाले सेवा प्रवाह, वित्तीय सुशासन, योजना कार्यान्वयन, पारदर्शिता तथा स्थानीय सरकार सञ्चालनका विभिन्न सूचकहरूका आधारमा मूल्यांकनल गरेर प्रथम भएको उनले बताए । उक्त मूल्याङ्कनमा बागमती गाउँपालिकाले जिल्लामै उत्कृष्ट प्रदर्शन गर्दै अग्रस्थान सुरक्षित गरेको हो ।
पालिकामा श्रमदानबाट रंगशाला, बाटो, कुलो, पुल लगाएतका निर्माण कार्य भएको र जारी रहेको छ ।










