तस्बिर
श्रमदानबाट निर्माण कार्य तिब्र बनाइरहेको पालिका कार्य सम्पादनमा प्रथम
पूर्वी मकवानपुरको बागमती गाउँपालिका कार्य सम्पादन मूल्यांकनलमा प्रथम हुन सफल भएको छ । श्रमदानबाट निर्माणकार्य तिब्र पारिरहेको उक्त पालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१र०८२ का लागि कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको हो । बिहीबार सार्वजानिक नतीजा अनुसार बागमती गाउँपालिका ले ६६ दशमलव ३९ अंक प्राप्त गर्दै...
जनताको सबै खाले समस्याको अभिभावक नेतृत्वले लिन सक्नुपर्छ : उमेदवार बिष्ट
नेपाली कम्युनिष्ट पार्टी नेकपाका बागमती प्रदेश कमिटी सचिवालय सदस्य एबम नेकपाबाट आसन्न प्रतिनिधि सभाको चुनावमा उम्मेद्बारी दिएका थाहा नगरपालिकाका पुर्व सफल मेयर लवशेर बिष्टले जनताको सबै खाले समस्याको अभिभावकत्व नेतृत्वले लिन सक्नुपर्ने बताउनुभयो । ईन्द्रसरोवर २ हेभीमा सम्पन्न नेकपाको एकता भेला तथा उमेदवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उमेदवार...
प्रदेशको १३ वटा अस्पताललाई गुणस्तरिय बनाउन प्रदेश सरकारले काम गर्दैछ ः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकारले हेटौंडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरिय बनाउन प्राविधी तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताउनुभएको छ । आज हेटौंडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवाको सुभारम्भ गर्दै मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य सेवालाई सहज र गुणस्तर वृद्धिमा सरकारले...
फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ । फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा...
प्रजिअ श्रेष्ठलाई नारायणी संघको स्वागत
नारायणी यातायात व्यवसायी संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई स्वागत गरेको छ । मकपानपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भई आउनुभएकी श्रेष्ठलाई संघले सोमबार एक औपचारिक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यवसायीहरुको वर्तमान समस्याका बारेमा छलफल समेत...
मकवानपुरबाट ६ किलो अफिम र ३१ किलो गाँजासहित मकवानपुरमा एक पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा र अफिमसहित एक जना सवारी चालकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरी र प्रहरीचौकी सुनाचुरी मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी–६, नयाँबस्तीस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा साइड लगाएर राखेको बा ७ च ७०१८ नम्बरको जीपलाई शंका लागेर जाँच्दा अवैध लागूऔषध अफिम...
लोपोन्मुख वनकरिया सहित उद्यमीलाई ग्रिन फाउन्डेशनको ब्यबसायिक योजना तालिम
मकवानपुरको मनहरी गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदाय बजारिकण सहित हेटौंडामा रहेका महिला उद्यमीहरुलाई ग्रिन फाउन्डेशन नेपालले (जिएफएन) ब्यबसायिक योजना बनाउने तालिम प्रदान गरेको छ । ग्रिन फाउन्डेशन नेपालले वनमा आधारित उद्यमहरुको दिगो विकास र ब्यबस्थापन गर्दै समुदायलाई वनबाट आयमा जोड्ने उदेश्य सहित ब्यबसायिक योजनाको तालिम दिएको हो । ३...
बाढीका घाइते घिसिङको अबस्था बुझ्न सांसद पाठक अस्पतालमा
बागमती प्रदेश सांसद भारती पाठकले बागमती गाँउपालिका वडा नम्बर–५ सिक्रे दोभानमा पहिरोले घर बगाउदा घाइते हुनुभएका पासाङ घिसिङको अबस्था बुझ्दै थप उपचारको कमी हुन नदिन चिकित्सक एबम् स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । आज शनिबार घाइते घिसिङको स्वास्थ्य अबस्थाको बारेमा बुझ्दै उपचारमा संलग्न चिकित्सक एबम् स्वस्थ्यकर्मीलाई यस्तो बताउनुभएको हो ।...
सवारीसाधनको आगो नियन्त्रणमा आएपछी शब भेटियो
पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ गएराति भएको दुर्घटनामा आगोलागी भएको दुइवटै ट्रकको आगो नियन्त्रणमा आएसंगै सवारी साधनमा च्यापिएको अबस्थामा ३ जनाको शब भेटिएको छ । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको ना ६ ख ६३१...
सरोकारवालाहरुसंग उद्यम विकासको सवालमा ग्रिन फाउन्डेशनको छलफल
ग्रीन फाउन्डेशन नेपालले मकवानपुरका सरोकारवालाहरुसंग उद्यम विकासको लागि अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । फाउन्डेशनले वनमा आधारित उद्यम विकास र संस्थागत गर्न सकेमा समृद्ध समाज निर्माण गर्न सक्ने भन्दै अन्तक्र्रिया गरेको हो । कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश सांसद भारती पाठकले स्वदेशी वस्तु उत्पादनमा बिषेश जोड दिने उदेश्यले २०६४...








